3 तर ती बलिदानहरू पापका वार्षिक सम्झना मात्र हुन्; 4 किनकि बोका र साँढेहरूको रगतले पाप हटाउन असम्भव छ।
5 यसकारण संसारमा आउनुहुँदा ख्रीष्टले भन्नुभयो:
"बलिदान र भेटी तपाईंले चाहनुभएन,
तर तपाईंले मेरो निम्ति एउटा शरीर चढाउनको लागि तयार पारिदिनुभयो।
6 होमबलिहरू र पाप शुद्धीकरणको बलिहरूमा
तपाईं प्रसन्न हुनुभएन।
7 तब मैले भनेँ, ‘म यहाँ छु, यो कुरा पवित्र शास्त्रमा लेखिएको छ।
हे परमेश्वर, म तपाईंको इच्छा पूरा गर्न आएको छु।’ "10:7 भजन 40:6-8
8 पहिला उहाँले भन्नुभयो, "बलिदान र भेटी, होमबलि र पाप शुद्धीकरणको बलिहरू तपाईंले चाहनुभएन; न त तपाईं तिनीहरूदेखि प्रसन्न हुनुभयो", यद्यपि ती व्यवस्थाले चढाउन भन्दछ। 9 तब उहाँले भन्नुभयो, "म यहाँ छु, म तपाईंकै इच्छा पूरा गर्न आएको छु।" पहिलोलाई खारेज गर्न उहाँले दोस्रोलाई स्थापित गर्नुभयो। 10 अनि उहाँको इच्छाद्वारा येशू ख्रीष्टको शरीरको एकपल्टको बलिदानद्वारा हामी सधैँको लागि पापबाट पवित्र पारिएका छौँ।