प्रोत्साहन र चेतावनी
14 हरेक मानिससित मिलापमा रहने, र पवित्रतामा हुने भरमग्दूर प्रयत्न गर; किनकि पवित्रताविना कसैले प्रभुलाई देख्नेछैन। 15 ध्यान देओ, कुनै मानिस परमेश्वरको अनुग्रहबाट वञ्चित नहोस्, नत्रता तितोपनको जरा टुसाएर त्यसले फाटो ल्याउला, र धेरैजनालाई बिटुलो पार्ला।