4 किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्वर नै हरेक थोकका निर्माता हुनुहुन्छ। 5 अनि भविष्यमा परमेश्वरले के भन्नुहुनेछ भनेर साक्षी दिँदै, "परमेश्वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैँ विश्वासयोग्य थिए।"3:5 गन्ती 12:7 6 तर परमेश्वरको सम्पूर्ण परिवारमा ख्रीष्टचाहिँ पुत्रको रूपमा विश्वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्यौँ भने हामी उहाँका परिवार हौँ।