अविश्वासको विरुद्धमा चेतावनी
7 यसकारण जसरी पवित्र आत्मा भन्नुहुन्छ:
"आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,
8 उजाडस्थानमा परीक्षाको समयमा तिमीहरू बागी भएझैँ,
आफ्ना हृदयलाई कठोर नपार,
12 यसकारण हे दाजुभाइ-दिदीबहिनीहरू हो, यसमा विचार गर, कि तिमीहरूसँग जीवित परमेश्वरदेखि टाढा रहने पापपूर्ण र अविश्वासी हृदय नहोस्। 13 तर "आजको दिन" रहँदा नै एक-अर्कालाई दिनहुँ ढाडस देओ, ताकि तिमीहरूमध्ये कोही पनि पापको छलद्वारा कठोर नबनोस्। 15 जसरी धर्मशास्त्रमा लेखिएको छ:
"आज तिमीहरूले उहाँको सोर सुन्यौँ भने,
तिमीहरू बागी हुँदा गरेझैँ
आफ्ना हृदयलाई कठोर नबनाओ।"3:15 भजन 95:7, 8