Pular para o conteúdo
Publicidade

हिब्रूहरू 7:23-27

23 संख्यामा अरू धेरै पुजारीहरू थिए, तर मृत्युको कारणले तिनीहरूलाई निरन्तर पुजारीको काम गरिरहन दिएन। 24 तर येशूचाहिँ सधैँ बाँचिरहनुहुने हुनाले उहाँको पुजारीपन अनन्तको लागि नै छ। 25 यसकारण जति जना उहाँद्वारा परमेश्‍वरमा आउँछन्, तिनीहरूलाई सदासर्वदा पूर्णतया बचाउन सक्नुहुन्छ; किनकि तिनीहरूको मध्यस्थता गर्न उहाँ सधैँ जिउनुहुन्छ।

26 यस्ता प्रधान पुजारीले नै हाम्रा खाँचोहरू पूरा गर्नुहुन्छ। जो पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिएका स्वर्गहरूभन्दा माथि उच्‍च पारिनुभएको छ। 27 अरू प्रधान पुजारीहरूलाई जस्तो पहिले आफ्नै पापहरूको लागि, र मानिसहरूका पापहरूको लागि दिनहुँ बलिदान चढाइरहने आवश्यकता उहाँलाई पर्दैन। उहाँले आफूलाई अर्पण गरेर एकैपल्ट सदाको लागि तिनीहरूका पापको बलिदान दिनुभयो।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.