13 बोका, साँढेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमा छर्किंदा तिनीहरू बाहिरी रूपमा शुद्ध हुन्छन् भने, 14 झन् आफूलाई परमेश्वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला ताकि हामीले जीवित परमेश्वरको सेवा गर्न सकौँ।