हबकूकको दुखेसो
2 हे याहवेह, मैले कहिलेसम्म सहायताको निम्ति पुकारूँ,
तर तपाईंले सुन्नुहुन्न?
"हिंसा!" भनी मैले तपाईंलाई कहिलेसम्म पुकारूँ,
तर तपाईंले सुन्नुहुन्न?
3 किन तपाईं मलाई अन्याय हेर्न लगाउनुहुन्छ?
किन तपाईं अत्याचार सहनुहुन्छ?
मेरो सामु हिंसा र विनाश भइरहेका छन्;
झैझगडा र वाद-विवाद चारैतिर भइरहेका छन्।