6 म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ;
पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो।
तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्वर,
मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो।
7 "जब मेरो प्राण जानै लागेको थियो,
हे याहवेह, मैले तपाईंलाई सम्झेँ;
अनि मेरो प्रार्थना तपाईंकहाँ,
तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।