40 यूहन्नाले भनेका कुरा सुन्ने र येशूलाई पछ्याउने ती दुई चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। 41 तिनले सबैभन्दा पहिले आफ्नो दाजु सिमोनलाई भेटेर तिनलाई भने, "हामीले मसीह अर्थात् ख्रीष्टलाई1:41 यहूदीहरूले उत्सुकताका साथ परमेश्वरका अभिषिक्त जनलाई पर्खिरहेका थिए, जसले बन्धनबाट छुटकारा दिनुहुन्छ। भेट्टाएका छौँ।"