लाजरसको मृत्यु
1 लाजरस नामको एक जना मानिस बिरामी भएका थिए। उनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानीका थिए। 2 यी तिनै मरियम हुन्, जसले येशूका पाउमा अत्तर खन्याएर आफ्नो कपालले पुछिदिएकी थिइन्। तिनकै भाइ लाजरस बिरामी परेका थिए। 3 यसकारण ती दुई दिदीबहिनीले येशूकहाँ यसो भन्ने खबर पठाए, "प्रभु, तपाईंले माया गर्नुहुने व्यक्ति बिरामी छन्।"
4 यो खबर सुनेर येशूले भन्नुभयो, "यो बिरामीले मृत्युमा पुर्याउँदैन, तर परमेश्वरको महिमाका लागि होस् भनेर यो भएको हो; अनि यसद्वारा परमेश्वरको पुत्रले पनि महिमा पाउनेछ।" 5 येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो। 6 लाजरस बिरामी छन् भनेर सुन्नुभए तापनि उहाँ जहाँ हुनुहुन्थ्यो, त्यही ठाउँमा अझै दुई दिन बस्नुभयो। 7 त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, "अब हामी यहूदियामा फर्केर जाऔँ।"
8 तर उहाँका चेलाहरूले भने, "गुरुज्यू, केही दिन अगि मात्र यहूदियाका यहूदी अगुवाहरूले तपाईंलाई ढुङ्गाले हान्न खोजेका थिए, र के फेरि तपाईं त्यहीँ जान चाहनुहुन्छ?"
9 येशूले भन्नुभयो, "दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? दिनको उज्यालोमा हिँड्डुल गर्ने मानिसले ठेस खाँदैन; किनकि त्यसले संसारको ज्योतिद्वारा देख्छ। 10 तर राति हिँड्दा त्यसले ठेस खान्छ; किनकि त्यसले ज्योति पाउँदैन।"
11 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, "हाम्रा मित्र लाजरस सुतेका छन्, र अब म गएर तिनलाई उठाउनेछु।"
12 उहाँका चेलाहरूले भने, "प्रभु, तिनी निदाएका मात्र छन् भने निको हुनेछन्।" 13 येशूले चाहिँ लाजरसको मृत्युको विषयमा भन्नुभएको थियो, तर उहाँका चेलाहरूले भने उनी सुतेकै छन् भनी ठानेका थिए।
14 त्यसपछि येशूले तिनीहरूलाई स्पष्टसँग भनिदिनुभयो, "लाजरस मरेका छन्।