8 अनि जब उहाँ आउनुहुन्छ, तब उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोष देखाइदिनुहुनेछ। 9 पापको विषयमा; किनकि मानिसहरूले मलाई विश्वास गर्दैनन्। 10 धार्मिकताको विषयमा; किनकि म पिताकहाँ जाँदैछु, र तिमीहरूले मलाई फेरि देख्नेछैनौ। 11 अनि न्यायको विषयमा; किनकि यस संसारको शासकले दण्डको आज्ञा पाइसकेको छ।