येशूले पत्रुसलाई पुनर्स्थापित गर्नुभएको
15 तिनीहरूले भोजन गरिसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, "ए यूहन्नाका छोरा सिमोन, यिनीहरूभन्दा के तिमी मलाई बढ्ता प्रेम गर्छौ?"
पत्रुसले भने, "ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा तपाईं जान्नुहुन्छ।"
येशूले भन्नुभयो, "मेरा साना भेडाहरूलाई खुवाऊ।"