3 येशूले जवाफ दिनुभयो, "म तिमीलाई साँच्चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन।"
4 निकोदेमसले सोधे, "मानिस बूढो भएपछि फेरि कसरी जन्मन सक्छ? निश्चय नै फेरि जन्मनलाई ऊ आफ्नी आमाको गर्भमा दोस्रोचोटि पस्न त सक्दैन!"
5 येशूले जवाफ दिनुभयो, "म तिमीलाई साँच्चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नेछैन।