पोखरीमा पक्षघाती निको पारिएको
1 केही समयपछि येशू यहूदीहरूको एउटा चाडको निम्ति यरूशलेम जानुभयो। 2 यरूशलेममा भेडा ढोकाको नजिकै एउटा पोखरी थियो, जसलाई आरामाईक भाषामा बेथस्दा5:2 केही प्राचीन पा.लि.हरूले बेथसेदा पनि लेखेका छन्। बेथस्दा अर्थ करुणाको घर हुन्छ। भनिन्छ, र यो पाँच वटा दलानहरूले घेरिएको थियो। 3 त्यसको छेउमा दृष्टिविहीन, लङ्गडो, पक्षघाती तथा थुप्रै रोगीहरू पस्रिरहेका हुन्थे। तिनीहरू पानी छचल्किएको पर्खिरहन्थे। 4 किनकि बेला-बेलामा प्रभुका दूत तल ओर्लेर पानी हल्लाइदिन्थे। अनि हरेकपल्ट पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो, त्यो जस्तोसुकै रोग लागेको भए तापनि निको भइहाल्थ्यो।5:4 केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन। 5 त्यहाँ एक जना मानिस थियो, जो अठतीस वर्षदेखिको पक्षघातको रोगी थियो। 6 जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, "के तिमी निको हुन चाहन्छौ?"
7 त्यस रोगीले भन्यो, "हजुर, पानी छचल्काइँदा मलाई पोखरीमा हालिदिन सहायता गर्ने कोही पनि छैन। म पस्ने कोसिस गर्दागर्दै अर्को मान्छे मभन्दा अगाडि पसिहाल्छ।"
8 त्यसपछि येशूले त्यसलाई भन्नुभयो, "उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।" 9 तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान उठाएर हिँड्यो।
यो घटना भएको दिन शब्बाथ5:9 यो हप्ताको सातौँ दिन यहूदीहरूले परमेश्वरको आराधना गर्न अलग गरिएको दिन थियो, जुन दिन उनीहरू कुनै शारीरिक काम गर्दैनथे। थियो।