19 तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटर जति गइसकेका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे। यो देखेर तिनीहरू डराए। 20 तर उहाँले तिनीहरूलाई भन्नुभयो, "म नै हुँ, नडराओ!" 21 तब तिनीहरूले उहाँलाई खुशीसाथ डुङ्गामा चढाए। अनि तुरुन्तै डुङ्गा उहाँहरू जान चाहेको किनारमा पुग्यो।