66 त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्।
67 तब येशूले बाह्र जनालाई सोध्नुभयो, "के तिमीहरू पनि छोडेर जान चाहन्छौ?"
68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, "प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्। 69 हामी विश्वास गर्दछौँ र जान्दछौँ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।"