बप्तिस्मा दिने यूहन्नाको जन्मबारे भविष्यवाणी
5 यहूदिया प्रदेशका राजा हेरोदको पालामा, अबीयाहका पुजारी समूहका जकरिया नाम भएका एक जना पुजारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्। 6 तिनीहरू दुवै जना परमेश्वरको दृष्टिमा धर्मी थिए, र प्रभुका आज्ञा र व्यवस्था निर्दोषसाथ पालन गर्थे।