3 तब शैतान बाह्र जनामध्ये इस्करियोत भनिने यहूदाभित्र पस्यो। 4 अनि त्यो मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका अधिकारीकहाँ गयो। त्यसले येशूलाई कसरी पक्राइदिन सक्छु भनेर तिनीहरूसित छलफल गर्यो। 5 यसमा तिनीहरू खुशी भए, र त्यसलाई पैसा दिन राजी भए। 6 त्यो तिनीहरूसँग सहमत भयो। अनि भीड नभएको बेलामा येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।