येशूले धेरैलाई निको पार्नुभएको
38 त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू उच्च ज्वरोले थलिएकी थिइन्। तिनीहरूले तिनलाई सहायता गर्न भनी येशूलाई बिन्ती गरे। 39 उहाँ तिनको नजिकै उभिएर ज्वरोलाई हप्काउनुभयो; र ज्वरोले तिनलाई छोड्यो। तिनी तुरुन्तै उठिन्, र उहाँहरूको सेवा गरिन्।