येशू मन्दिरमा
12 येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो, र त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका टेबुलहरू पल्टाइदिनुभयो। 13 र उहाँले तिनीहरूलाई भन्नुभयो, "यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार बनाइरहेका छौ।’21:13 यर्मिया 7:11"