4 राजाले मलाई भन्नुभयो, "तिमी मबाट के चाहन्छौ?"
तब मैले स्वर्गका परमेश्वरसँग प्रार्थना गरेँ, 5 अनि मैले राजालाई जवाफ दिएँ, "यदि राजालाई असल लाग्छ र यदि तपाईंको सेवकले राजाको दृष्टिमा निगाह प्राप्त गरेको छ भने मलाई मेरा पितापुर्खाहरू गाडिएको सहर यहूदामा जाने अनुमति दिइयोस्, ताकि म त्यस सहरलाई पुनर्निर्माण गर्न सकूँ।"