33 तिमीहरूमध्ये अन्तिम मानिसको शरीर उजाडस्थानमा मरेर नगएसम्म तिमीहरूका अविश्वासको फलस्वरूप तिमीहरूका सन्तानहरू यही उजाडस्थानमा चालीस वर्षसम्म गोठालो भई डुल्नेछन्। 34 तिमीहरूले त्यस देशको जाजुसी गर्न चालीस दिन बिताएका थियौ, ‘यसकारण एक दिन बराबर एक वर्ष गरी चालीस वर्षसम्म तिमीहरूले आफ्ना अधर्महरूको फल भोग्नुपर्नेछ। अनि मेरो विरुद्ध खडा हुँदा कस्तो परिणाम भोग्नुपर्नेछ भनी थाहा पाउनेछौ।’