10 याहवेहले मोशालाई भन्नुभयो, 11 "पुजारी हारूनको नाति, एलाजारका छोरा पीनहासले इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। किनकि तिनीहरूबीच मेरो आदरका निम्ति त्यो मजस्तै जोशिलो भयो। यसैकारण मैले आफ्नो रिसमा तिनीहरूलाई सर्वनाश गरिनँ। 12 यसकारण त्यसलाई भन्, म मेरो शान्तिको करार त्यससँग बाँध्दछु। 13 त्यो र त्यसका सन्तानहरू अनन्तसम्म पुजारीगिरीको करारमा हुनेछन्। किनकि त्यो आफ्नो परमेश्वरको आदरका निम्ति जोशिलो भयो र त्यसले इस्राएलीहरूका लागि प्रायश्चित गर्यो।"
Publicidade