शासक र अधिकारीहरूका अधीनमा रहनु
1 प्रत्येक व्यक्ति राज्यका अधिकारीहरूप्रति आज्ञाकारी होओ। किनकि परमेश्वरले नियुक्त गर्नुभएको अधिकारीबाहेक अरू कुनै अधिकारी हुँदैन। वर्तमान अधिकारीहरू सबै परमेश्वरबाटै नियुक्त भएका हुन्छन्। 2 फलस्वरूप, जसले अधिकारीहरूको विरोध गर्दछ, तिनीहरूले परमेश्वरले स्थापना गर्नुभएको कुराको विरोध गरेका हुन्छन्। यस्तो गर्नेहरूले आफूमाथि न्याय ल्याउनेछन्।