दुर्बल र बलियो
1 विश्वासमा कमजोर भएका अरू विश्वासीहरूलाई स्वीकार गर, तर उनीहरूका विचारमा विवाद र झगडा नगर। 2 कसैले हरेक थोक खान हुन्छ भनी विश्वास गर्छन्, तर कमजोरहरूले सागसब्जी मात्र खान्छन्। 3 सबै चीज खाने व्यक्तिले नखानेलाई तुच्छ नठानोस्, र सबै नखाने व्यक्तिले पनि सबै खानेलाई दोष नलाओस्। किनकि तिनीहरूलाई परमेश्वरले ग्रहण गर्नुभएको छ। 4 अर्काको सेवकलाई न्याय गर्ने तिमी को हौ र? त्यस सेवकको स्थिरता वा पतन त्यसको मालिकको हातमा निर्भर हुन्छ। तिनीहरू स्थिर रहनेछन्; किनकि प्रभु तिनीहरूलाई स्थिर गराउन सक्षम् हुनुहुन्छ।