शान्ति र आशा
1 यसकारण हामी विश्वासद्वारा धर्मी ठहराइएका हुनाले प्रभु येशू ख्रीष्टद्वारा हामीले परमेश्वरसँग शान्ति पाएका छौँ। 2 अनि ख्रीष्टद्वारा हामीले प्राप्त गरेको विश्वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौँ। परमेश्वरको महिमाको आशामा हामी रमाउँछौँ।