विश्वास र काम
14 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिसले मसँग विश्वास छ भनी दाबी गर्छ, तर कामहरूचाहिँ गर्दैन भने के फाइदा भयो र? के त्यस्तो विश्वासले तिनीहरूलाई बचाउन सक्छ र? 15 मानौँ, कोही दाजुभाइ-दिदीबहिनीहरूलाई वस्त्र र दैनिक भोजनको खाँचो छ; 16 अनि तिमीहरूमध्ये कसैले तिनलाई "म तिम्रो भलो चिताउँछु, जाऊ र न्यानो बस, अघाउने गरी खाऊ" भन्यो, तर तिनका शारीरिक खाँचोहरूचाहिँ पुर्याइदिँदैन भने त्यसबाट के फाइदा हुन्छ र? 17 यस्तै किसिमले कामविनाको विश्वास पनि मरेतुल्य हुन्छ।