Amigo
O amigo verdadeiro é dádiva rara de Deus. Ele ama em todo tempo, fala a verdade em amor, aconselha com sabedoria e permanece fiel nas adversidades da vida.
Amizade verdadeira
Há amigo mais chegado que um irmão. Em todo tempo ama o amigo. O perfume e o incenso alegram o coração — assim o conselho doce do amigo.
जसका साथीहरू अविश्वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्याउन सक्छन्,
तर कुनै मित्रचाहिँ दाजुभाइभन्दा पनि नजिक हुन्छ।
मित्रले सबै समय प्रेम गर्छ,
र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्।
अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ;
र मित्रको आनन्द त्यसको
आन्तरिक सल्लाहबाट आउँछ।
फलामले फलामलाई धारिलो बनाएजस्तै,
एउटा मानिसले अर्को मानिसलाई तिखार्छ।
गुप्तको प्रेमभन्दा
खुल्लमखुल्ला हप्की असल हुन्छ।
मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ;
तर शत्रुले चुम्बनको वर्षा गर्छ।
आफ्नो मित्र वा आफ्नो परिवारका मित्रलाई नत्याग,
तिमीलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ;
किनकि टाढा बस्ने आफन्तभन्दा नजिक बस्ने छिमेकी असल हुन्छ।
बुद्धिमान्हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ;
तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ।
भनाइ 3
रिसाहा मानिसलाई मित्र नबनाऊ;
झट्टै रिसाउनेहरूसित सङ्गत नगर,
नत्रता त्यसको बानी तिमीले सिक्छौ
र आफूलाई पासोमा पार्छौ।
धेरै मानिसहरू आफूमा अचुक प्रेम भएको दाबी गर्छन्;
तर विश्वासयोग्य मानिस कसले पाउन सक्छ र?
धनले धेरै मित्रहरू बनाउँछ;
तर गरिबको सबैभन्दा नजिकको साथीले पनि तिनीहरूलाई त्यागिदिन्छ।
Jesus, o amigo
Já não vos chamo servos, mas amigos. O maior amor é dar a vida pelo amigo. Jesus é o amigo que nunca falha.
आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। यदि तिमीहरूले मेरो आज्ञा मान्यौ भने तिमीहरू मेरा मित्रहरू हौ। अब उसो म तिमीहरूलाई सेवक भन्दिनँ; किनकि सेवकलाई आफ्ना मालिकको कुरा थाहा हुँदैन; तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु; किनकि पिताबाट मैले सिकेका सबै कुरा मैले तिमीहरूलाई थाहा दिएको छु।
मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु। आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
प्रिय मित्रहरू हो, परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एक-अर्कालाई प्रेम गर्यौँ भने परमेश्वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।
प्रेम के हो भन्ने कुरा हामी यसैबाट थाहा पाउँछौँ; येशू ख्रीष्टले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। यसैले हामीले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ। यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र? प्यारा साना नानीहरू हो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौँ।
"अब्राहामले परमेश्वरमाथि विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो" भन्ने पवित्र धर्मशास्त्र पूरा भयो; र तिनी परमेश्वरका मित्र कहलिए।
एक-अर्कालाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर।
Companheiros de fé
Dois são melhores do que um. Os companheiros de fé se fortalecem mutuamente e caminham juntos com o Senhor.
एक जनाभन्दा दुई जना असल हुन्,
किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्:
यदि कुनै एउटा लड्यो भने,
अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ;
तर लड्दा उठाउने कोही नहुँदा
कस्तो दुःखको कुरा हुन्छ!
परमेश्वरका जनहरू एक-आपसमा एकतामा बस्नु
कति असल र आनन्दमय कुरा हुन्छ!
यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ,
जो दाह्रीसम्म बगेर जान्छ,
हारूनको दाह्रीसम्म बगेर जान्छ,
जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ।
त्यो हेर्मोन पर्वतको शीत
सियोन पर्वतमा परेजस्तै हुन्छ;
किनकि त्यहीँ नै याहवेहले,
आफ्नो अनन्त जीवनको आशिष् समेत खन्याउनुहुन्छ।
म तपाईंको भय मान्नेहरू
र तपाईंका विधिहरू पालन गर्नेहरू सबैको मित्र हुँ।
जोनाथनले दावीदलाई आफूलाई जस्तै प्रेम गरेको कारण तिनले दावीदसँग करार बाँधे।
भ्रममा नपर: "खराब सङ्गतले असल चरित्रलाई नष्ट पार्छ।"