Luz do mundo
Jesus declarou: 'Eu sou a luz do mundo.' A luz é metáfora central da Bíblia — Deus é luz, Cristo é luz, e os cristãos são chamados a brilhar como filhos da luz neste mundo.
Jesus, a luz do mundo
Jesus disse: quem me segue não andará em trevas, mas terá a luz da vida. Ele é a verdadeira luz que ilumina todo homem.
संसारको ज्योति
फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्नुभयो, "म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।"
संसारको ज्योति
फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्नुभयो, "म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।"
उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन।
ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन।
ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन।
म संसारमा रहुन्जेल संसारको ज्योति म नै हुँ।"
म संसारमा ज्योति भएर आएको हुँ। यसकारण ममाथि विश्वास राख्नेहरू कोही पनि अब अन्धकारमा रहनेछैन।
फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए। किनकि तिनीहरूका कामहरू खराब थिए। हरेक जसले दुष्ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ। अनि त्यसका कामहरू प्रकट होलान् भन्ने डरले त्यो ज्योतिमा आउँदैन। तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्वरद्वारा गरिएका हुन् भन्ने कुरा स्पष्ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ।
Deus é luz
Deus é luz e nele não há treva alguma. Se andarmos na luz, temos comunhão uns com os outros e o sangue de Jesus nos purifica.
ज्योतिमा जिउनु
यही सन्देश हामीले उहाँबाट सुन्यौँ र तिमीहरूलाई सुनाउँछौँ; त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन।
ज्योतिमा जिउनु
यही सन्देश हामीले उहाँबाट सुन्यौँ र तिमीहरूलाई सुनाउँछौँ; त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन। यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौँ, तर पनि अन्धकारमा नै हिँड्छौँ भने त हामी झूट बोल्छौँ र सत्यतामा चल्दैनौँ। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्न।
हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्न।
Vós sois a luz do mundo
Jesus disse aos discípulos: vós sois a luz do mundo. Não se esconde uma cidade edificada sobre um monte. Brilhem a vossa luz!
"तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसेको सहर लुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर भाँडोमुनि राख्दैनन्; तर तिनीहरूले त्यसलाई सामदानमाथि राख्छन्। अनि त्यसले घरभित्र भएका सबैलाई उज्यालो दिन्छ। यस्तै किसिमले तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, ताकि तिनीहरूले तिमीहरूका असल कामहरू देखेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
"तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसेको सहर लुक्न सक्दैन।
मानिसहरूले बत्ती बालेर भाँडोमुनि राख्दैनन्; तर तिनीहरूले त्यसलाई सामदानमाथि राख्छन्। अनि त्यसले घरभित्र भएका सबैलाई उज्यालो दिन्छ। यस्तै किसिमले तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, ताकि तिनीहरूले तिमीहरूका असल कामहरू देखेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
अन्धकारमा बस्ने मानिसहरूले
एउटा ठूलो ज्योति देखेका छन्।
मृत्युको छायामा बस्नेहरूमाथि
एउटा ज्योति उदाएको छ।"
तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको विशेष सम्पत्ति हौ ताकि तिमीहरूले तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर्न सक।
तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको विशेष सम्पत्ति हौ ताकि तिमीहरूले तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर्न सक।
तिमीहरू ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ। हामी रातका अथवा अन्धकारका होइनौँ।
A luz nas Escrituras
A Palavra de Deus é lâmpada para nossos pés e luz para o caminho. Ela ilumina, revela e nos guia na verdade.
तपाईंको वचन मेरा खुट्टाहरूका निम्ति बत्ती,
र मेरो बाटोका निम्ति ज्योति हो।
तपाईंको वचन मेरा खुट्टाहरूका निम्ति बत्ती,
र मेरो बाटोका निम्ति ज्योति हो।
तपाईंका वचनहरूको अर्थ खोलिँदा ज्योति चम्कन्छ;
त्यसले सोझाहरूलाई समझशक्ति दिन्छ।
याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;
मैले कसको भय मान्नु?
याहवेह नै मेरो जीवनको किल्ला हुनुहुन्छ;
म कोसँग भयभीत हुनु?
किनकि जीवनको स्रोत तपाईंसँग छ;
तपाईंको ज्योतिमा हामी उज्यालो देख्छौँ।
हे याहवेह, तपाईंले मेरो दियो बलि रहन दिनुहुन्छ;
मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।
तिम्रो आफ्नो मार्ग याहवेहलाई सुम्प;
उहाँमा नै भरोसा राख; र उहाँले यो गर्नुहुनेछ:
उहाँले तिम्रो धार्मिकता प्रभातको ज्योतिसमान
र तिम्रो न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ।
किनकि तपाईंले मलाई मृत्युबाट बचाउनुभएको छ;
र मेरा पाउलाई ठेस लाग्नदेखि बचाइदिनुभएको छ,
ताकि म परमेश्वरको सामु
जीवनको ज्योतिमा हिँड्न सकूँ।
हे याहवेह, सेनाहरूका परमेश्वर; हामीलाई पुनर्स्थापना गर्नुहोस्,
आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्,
र हामी बचाइन सकौँ।
तिनीहरूले आफ्नै तरवारद्वारा देश जितेका होइनन्,
न त तिनीहरूको बाहुबलले विजय पाएका हुन्;
तपाईंको दाहिने बाहुलीले, तपाईंकै पाखुराले
र तपाईंको मुहारको प्रकाशले तिनीहरू विजय भएका थिए;
किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
तपाईंको मुहार आफ्नो सेवकमाथि चम्काउनुहोस्;
तपाईंको अचुक प्रेममा मलाई बचाउनुहोस्!
Luz versus trevas
A luz brilha nas trevas e as trevas não a venceram. Cristãos são chamados a não ter comunhão com as trevas, mas a expô-las.
परमेश्वरको प्रतिरूप ख्रीष्टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस संसारको देवले अविश्वासीहरूको मनलाई अन्धो तुल्याइदिएको छ। किनकि हामीले आफूलाई होइन, तर येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर प्रचार गर्दछौँ, र हामीहरूचाहिँ येशूको निम्ति तिमीहरूका सेवकहरू हौँ। तर "अन्धकारमा ज्योति चम्कोस्," भनी आज्ञा गर्नुहुने परमेश्वरले ख्रीष्टको मुहारमा देखिएको परमेश्वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनुभएको छ।
तर "अन्धकारमा ज्योति चम्कोस्," भनी आज्ञा गर्नुहुने परमेश्वरले ख्रीष्टको मुहारमा देखिएको परमेश्वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनुभएको छ।
विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ
ख्रीष्टमा विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र?
म प्रार्थना गर्दछु, तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्न सक।
अन्धकारमा जिउनेहरूले
एउटा ठूलो ज्योति देखेका छन्;
घोर अन्धकारमा बस्नेहरूमाथि
ज्योति उदाएको छ।
सियोनको महिमा
"प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ,
र याहवेहको महिमा तँमाथि उदाएको छ।
सियोनको महिमा
"प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ,
र याहवेहको महिमा तँमाथि उदाएको छ।
हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ,
र मानिसहरूमाथि बाक्लो अन्धकार छ,
तर याहवेह तँमाथि उदाउनुहुनेछ;
अनि उहाँको महिमा तँमाथि देखा पर्नेछ।
जातिहरू तेरो प्रकाशमा आउनेछन्,
र राजाहरू तेरो प्रभातको उज्यालोमा आउनेछन्।
"हे मेरा प्रजा हो, मेरा कुरामा ध्यान देओ;
हे मेरो जाति हो, मेरो कुरा सुन:
मबाट व्यवस्था निस्कनेछ;
मेरो न्याय राष्ट्रहरूको ज्योति हुनेछ।
Proclamar a luz
Os cristãos são embaixadores da luz, chamados a proclamar as virtudes daquele que nos chamou das trevas para a sua maravilhosa luz.
किनभने प्रभुले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ:
" ‘गैरयहूदीहरूका निम्ति मैले तिमीहरूलाई एउटा ज्योति बनाएको छु,
ताकि संसारको अन्तिम छेउसम्म तिमीहरूले उद्धार पुर्याउन सक।’ "
किनभने प्रभुले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ:
" ‘गैरयहूदीहरूका निम्ति मैले तिमीहरूलाई एउटा ज्योति बनाएको छु,
ताकि संसारको अन्तिम छेउसम्म तिमीहरूले उद्धार पुर्याउन सक।’ "
तर परमेश्वरले आजका दिनसम्म मलाई सहायता गर्नुभएको छ; त्यसकारण आज म यहाँ उभिएको छु; र साना र ठूला सबैको सामु साक्षी दिँदैछु। अगमवक्ताहरू र मोशाले हुन आउने कुराहरूका बारेमा जे भनेका थिए, त्योभन्दा बढ्ता मैले कुनै कुरा पनि भनेको छैनँ। अर्थात् ख्रीष्टले ठूलो कष्ट सहनुपर्नेछ, र मरेकाहरूबाट जीवित हुने उहाँ नै पहिलो हुनुहुनेछ; आफ्ना जनहरू र गैरयहूदीहरूलाई ज्योतिको सन्देश ल्याउनुहुनेछ।"
अनि परमेश्वरले आज्ञा गर्नुभयो, "उज्यालो होस्," तब उज्यालो भयो।
" ‘ "याहवेहले तिमीहरूलाई आशिष् देऊन्,
र तिमीहरूलाई रक्षा गरून्;
याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्,
र तिमीहरूप्रति अनुग्रही होऊन्;
याहवेहले आफ्नो मुहार तिमीहरूतिर फर्काऊन्,
र तिमीहरूलाई शान्ति देऊन्।" ’
उहाँले गहिरा र गुप्तमा लुकेका कुराहरू प्रकट गर्नुहुन्छ;
उहाँले अन्धकारमा के छ भनी जान्नुहुन्छ;
अनि उहाँसँग ज्योतिले बास गर्छ।
त्यस सहरमा उज्यालो दिनको लागि घाम र चन्द्रमाको आवश्यकता थिएन; किनकि परमेश्वरको महिमाले त्यसलाई प्रकाश दिन्छ, र थुमा नै त्यसको बत्ती हुनुहुन्छ।
अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्।
सामदानमा रहने बत्ती
"कसैले पनि बत्ती बालेर भाँडाले छोप्दैन, अथवा खाटमुनि राख्दैन। तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यसलाई सामदानमाथि राख्दछ।
तिम्रो आँखा तिम्रो शरीरको बत्ती हो। यदि तिम्रा आँखा स्वस्थ छन् भने तिम्रो सम्पूर्ण शरीर उज्यालो हुन्छ; तर यदि आँखा अस्वस्थ छन् भने तिम्रो शरीर पनि अँध्यारो हुन्छ।
तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुसी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ।
Este artigo te tocou? Faça uma oração!
+581 estão orando agora.
Junte-se à corrente de oração.