6 गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएको, जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो। 7 जब त्यसले इस्राएललाई खिसी गर्यो, तब दावीदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे।