1 यसकारण किर्यत-यारीमका मानिसहरू आएर याहवेहको सन्दुक माथि लगे। तिनीहरूले त्यसलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। अनि तिनको छोरो एलाजारलाई याहवेहको सन्दुकको सुरक्षाको निम्ति अर्पण गरे। 2 किर्यत-यारीममा सन्दुक रहेको धेरै समय अर्थात् बीस वर्ष भइसकेको थियो।
शमूएलले मिस्पामा पलिश्तीहरूलाई हराएका
त्यसपछि इस्राएलका सारा मानिसहरू विलाप गर्दै याहवेहतर्फ फर्किए।