17 यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्। 18 यी सबै परमेश्वरबाट भएको हो, जसले ख्रीष्टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो; 19 अर्थात् ख्रीष्टमा हुनुभईकन परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका पापका हिसाब लिनुभएन, र हामीलाई मिलापको सन्देश सुम्पनुभएको छ। 20 परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैँ हामी ख्रीष्टका निम्ति राजदूतहरू हौँ। हामी ख्रीष्टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौँ: परमेश्वरसित मिलाप गर। 21 हामी ख्रीष्टमा परमेश्वरको धार्मिकता बन्न पाऔँ भनी परमेश्वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।
Publicidade