10 ईश्वरीय दुःखले पश्चात्ताप ल्याउँछ, जसले मुक्तितिर डोर्याउँछ र पछुतो हुँदैन, तर सांसारिक दुःखले त मृत्यु उत्पन्न गराउँछ। 11 हेर, यो ईश्वरीय दुःखले तिमीहरूमा के उत्पन्न गरायो! कस्तो तत्परता, आफूलाई स्वच्छ राख्ने कस्तो उत्सुकता, कस्तो आक्रोश, कस्तो सावधानी, कस्तो तिर्सना, कस्तो वास्ता, न्याय गरिएको हेर्ने कस्तो तत्परता! तिमीहरूले प्रत्येक विषयमा आफूलाई निर्दोष साबित गरायौ।
Publicidade
Publicidade