11 यसरी सबै कुराहरू नाश भएर जाने हुनाले तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्वरीय जीवन बिताउनुपर्छ। 12 जब तिमीहरूले परमेश्वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्।