1 तर यो याद राख! अन्तिम दिनहरूमा डरलाग्दो समयहरू हुनेछन्। 2 मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, सेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्ने, बैगुनी, अपवित्र, 3 प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने, 4 विश्वासघाती, लापर्बाही, अहङ्कारले फुलिएका, परमेश्वरलाई भन्दा सुख-विलासलाई रुचाउने, 5 भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू।
Publicidade