2 मैले देखेको पशु चितुवाजस्तै थियो, तर त्यसका खुट्टाहरू भालुका जस्ता र मुखचाहिँ सिंहको जस्तो थियो। त्यस अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अख्तियार त्यस पशुलाई दियो।
6 परमेश्वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाम, उहाँको वासस्थान र स्वर्गमा बस्नेहरूसमेत सबैको निन्दा गर्न त्यसले आफ्नो मुख खोल्यो। 7 त्यसलाई सबै सन्तहरूसित लडाइँ गर्ने र तिनीहरूलाई जित्ने शक्ति दिइयो। त्यसलाई प्रत्येक कुल, जाति, भाषा र राष्ट्रहरूमाथि अख्तियार दिइयो।