स्वर्गमा विजयका गीतहरू
1 यसपछि मैले स्वर्गमा एउटा ठूलो भीडले यसरी चिच्याएको सोर सुनेँ:
"हल्लेलूयाह!
मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्;
2 किनकि उहाँका न्यायहरू सत्य र न्यायपूर्ण छन्।
आफ्ना व्यभिचारद्वारा पृथ्वीलाई भ्रष्ट पार्ने
त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ।
अनि परमेश्वरले त्यससित आफ्ना सेवकहरूका रगतको बदला लिइसक्नुभएको छ।"
3 अनि तिनीहरू फेरि चिच्याए:
"हल्लेलूयाह!
त्यस स्त्रीबाट निस्केको न्यायको धुवाँ सदासर्वदाको लागि उँभोतिर गइरहन्छ।"