4 तब मैले सिंहासनहरू देखेँ; अनि ती सिंहासनहरूमा मैले न्याय गर्ने अख्तियार पाएकाहरूलाई बसिरहेको देखेँ। अनि मैले येशूको गवाहीको निम्ति र परमेश्वरको वचनको निम्ति शिर काटिएकाहरूका आत्माहरूलाई देखेँ। तिनीहरूले त्यस पशु वा त्यसको मूर्तिको आराधना गरेका थिएनन्; अनि आफ्ना निधारहरू र हातहरूमा त्यसको छाप लगाएका थिएनन्। तिनीहरू फेरि जीवित भए, र ख्रीष्टसित एक हजार वर्षसम्म राज्य गरे।
Publicidade