सार्डिसमा भएको मण्डलीलाई सन्देश
1 "सार्डिसमा भएको मण्डलीका दूतलाई लेख:
यी उहाँका वचनहरू हुन्, जसले परमेश्वरका सात आत्माहरू र सात ताराहरू पक्रनुभएको छ।
मलाई तिम्रो काम थाहा छ; तिमी जीवित भनेर कहलिएका छौ, तर तिमी मरेका छौ। 2 जागा होऊ, र मर्नै लागेका बाँकी कुराहरूलाई बलियो बनाओ; किनकि मैले मेरा परमेश्वरको सामु तिम्रा कामहरू अधुरो पाएको छु।