चर्मपत्र र थुमा
1 त्यसपछि मैले सिंहासनमा बस्नुहुनेको दाहिने हातमा एउटा चर्मपत्र देखेँ, जसको दुवैतिर लेखिएको थियो; र सात वटा मोहरहरूले बन्द गरिएको थियो। 2 अनि मैले एउटा बलवान् स्वर्गदूतलाई देखेँ, जसले चर्को सोरले यसरी घोषणा गर्दैथिए, "यी मोहरहरू तोडेर चर्मपत्र खोल्ने योग्यको को छ?"