छापहरू
1 थुमाले सात वटा छापहरूमध्ये पहिलो छाप खोल्नुभएको मैले देखेँ। तब ती चार जीवित प्राणीहरूमध्ये एउटाले गर्जनझैँ आवाजमा यसो भनिरहेको सुनेँ, "आऊ!" 2 अनि त्यहाँ मैले मेरो सामु एउटा सेतो घोडा देखेँ! त्यसमाथि सवारले एउटा धनु समातेको थियो, र उसलाई एउटा मुकुट दिइयो; अनि ऊ विजय गर्ने उद्देश्यले विजयीझैँ निस्क्यो।