55 तर स्तिफनस पवित्र आत्माले भरिपूर्ण भएर स्वर्गतिर हेरे। त्यहाँ उनले परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे। 56 अनि तिनले भने, "हेर्नुहोस्, स्वर्ग उघ्रेको म देख्छु! त्यहाँ परमेश्वरको दाहिने हातपट्टि मानिसको पुत्र उभिरहेको म देख्दछु।"