4 किनकि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ। 5 त्यो विश्वास र प्रेम जुन आशाबाट पलाएर आउँछ, त्यो तिमीहरूको लागि स्वर्गमा जम्मा गरिएको छ, र यस विषयमा तिमीहरूले अगि नै सुसमाचारको सत्य वचनमा सुनिसकेका छौ।
Publicidade