14 अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ।
15 तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ। 16 तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ। 17 अनि तिमीहरूले कुरा वा काममा जे-जे गर्दछौ ती सबै, प्रभु येशूद्वारा परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशू ख्रीष्टको नाममा गर।