5 "अनि दक्षिणको राजा शक्तिशाली हुनेछन्, तर तिनका सेनापतिहरूमध्ये एक जना तिनीभन्दा शक्तिशाली हुनेछ; अनि त्यस सेनापतिले तिनको राज्यलाई अझ महान् र शक्तिशाली रूपमा शासन गर्नेछ। 6 केही वर्षपछि तिनीहरू मित्रराष्ट्र बन्नेछन्। दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ विवाहद्वारा सम्बन्ध जोड्नलाई जानेछिन्, तर तिनको शक्ति कायम रहनेछैन; अनि तिनी र तिनको शक्ति11:6 अथवा सन्तान धेरै दिनसम्म टिकिरहनेछैनन्। ती दिनहरूमा राजकुमारीलाई तिनका राजकीय रक्षकहरू र तिनका आफ्ना पिता र तिनलाई समर्थन गर्नेहरूसहित धोका दिइनेछ।
Publicidade