26 राजाले दानिएल (जसलाई बेलतसजर पनि भनिन्थ्यो) लाई सोधे, "के तिमीले मलाई मैले सपनामा देखेको कुरा र त्यसको अर्थ भन्न सक्छौ?"
27 दानिएलले जवाफ दिए, "कुनै पनि बुद्धिमान् मानिस, तन्त्रमन्त्र गर्ने, जादुगर अथवा जोखना हेर्नेहरूले राजाले सोध्नुभएको रहस्यमय कुरा राजालाई बताउन सक्दैन; 28 तर स्वर्गमा परमेश्वर हुनुहुन्छ, जसले रहस्यमय कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले राजा नबूकदनेसरलाई आउने दिनहरूमा के कस्तो हुनेछ भन्ने कुरा देखाउनुभएको छ। तपाईं आफ्नो ओछ्यानमा ढल्किरहनुहुँदा तपाईंको मनमा आएका तपाईंको सपना र दर्शन यिनै हुन्: