5 जुन समयमा तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, अन्य बाजा र सबै किसिमका सङ्गीत सुन्नुहुनेछ, तब राजा नबूकदनेसरले खडा गर्नुभएको सुनको मूर्तिको सामु घोप्टो परेर त्यसलाई दण्डवत् गर्नू। 6 त्यस मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ।"