24 "तिम्रा जाति र तिम्रो पवित्र सहरको अधर्म समाप्त गर्न, पापको अन्त्य गर्न, दुष्टताको निम्ति प्रायश्चित गर्न, अनन्तको धार्मिकता ल्याउन, दर्शन र अगमवाणीमा मोहोरछाप लगाएर बन्द गर्न र महा-पवित्रस्थानलाई अभिषेक गर्नलाई तिम्रा मानिसहरूका निम्ति सत्तरी ‘सातहरू’ आदेश गरिएका छन्।
25 "यो कुरा जान र बुझ: यरूशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्ने उर्दी जारी गरिएको समयदेखि अभिषिक्त जन, शासक नआएसम्म सात वटा ‘सातहरू’ र बयसट्ठी वटा ‘सातहरू’ हुनेछन्। सडकहरू र गल्लीहरू समेत पुनर्निर्माण हुनेछन्, तर कष्टको समयमा यस्तो हुनेछ। 26 ती बयसट्ठी वटा ‘सातहरू’ पछि अभिषिक्त जन मारिनेछन्, र तिनको निम्ति केही पनि रहनेछैन। आउने मानिसहरूका शासकले सहर र पवित्रस्थानलाई नष्ट गर्नेछ। अन्तचाहिँ बाढीझैँ आउनेछ: बयसट्ठी सातहरूको आखिरसम्म र उजाड अवस्थाको आदेश नआएसम्म युद्ध चलिरहनेछ। 27 त्यसले एक ‘सात’9:27 अथवा एक हप्ता सम्मको निम्ति धेरैसँग एउटा करार पक्का गर्नेछ। त्यस ‘सात’ को बीच भागमा त्यसले बलिदान र भेटीको अन्त्य गरिदिनेछ। मन्दिरको एक भागमा त्यसले उजाड पार्ने घृणित कुरा खडा गर्नेछ, जबसम्म तोकिएको अन्त्यको समय त्यसमाथि खन्याइदैन।"