12 जब तिमीहरूले आफ्ना उब्जनीका दशांश तेस्रो वर्ष, अर्थात् दशांशको वर्षमा अलग गर्छौ, तब तिमीहरूले त्यो लेवी, परदेशी, अनाथ, विधवालाई दिनुपर्नेछ; ताकि तिनीहरूले तिमीहरूका सहरहरूमा खाऊन् र सन्तुष्ट होऊन्। 15 तपाईंको पवित्र वासस्थान स्वर्गबाट तल हेर्नुहोस्। तपाईंले हाम्रा पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तपाईंको जाति इस्राएललाई र तपाईंले हामीलाई दिनुभएको दूध र मह बग्ने प्रतिज्ञाको देशलाई आशिष् दिनुहोस्।"
Publicidade