1 आफ्नो युवाअवस्थामा नै
आफ्नो सृष्टिकर्तालाई सम्झ!
दुःखको समय र वृद्धावस्था आउनुभन्दा पहिल्यै,
"यस समयमा मेरो मन लाग्दैन"
भन्ने वर्षहरू आउनुभन्दा अगि नै—
2 सूर्य र प्रकाश,
चन्द्रमा र ताराहरू अँध्यारो हुन अगि,
वर्षापछि बादल फर्कनुभन्दा अगि नै,
3 जब घरको हेरचाह गर्नेहरू काम्दछन्,
र बलिया मानिसहरू कुप्रो पर्छन्,
जाँतोका दाँतहरू झरेर कम भएका कारण जाँतो पिँध्नेहरूले काम बन्द गर्दछन्,
र झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्;